छैटौं म्युजिक खबर म्युजिक अवार्ड: सिनेमा संगीतमा कसले पाए अवार्ड ?

छैटौं म्युजिक खबर म्युजिक अवार्ड: सिनेमा संगीतमा कसले पाए अवार्ड ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । छैटौं म्युजिक खबर म्युजिक अवार्डमा सिनेमा ‘छक्का पन्जा’ले दुई विधामा अवार्ड जित्न सफल भएको छ । राजधानी स्थित राष्ट्रिय नाँचघरमा सम्पन्न अवार्ड सिनेमा संगीत तर्फ चार विधामा अवार्ड वितरण गरिएको थियो ।

चार विधा अन्तर्गत सिनेमा ‘छक्का पन्जा’ले सर्वोत्कृष्ट संगीतकार र सर्वोत्कृष्ट पार्श्व गायनमा अवार्ड जित्यो । दीपक शर्मा ‘देखन चम्पा’बाट र कृष्ण काफ्लेले पनि उक्त गीतबाटै माथि उल्लेखित विधामा क्रमस अवार्ड हात पारे ।

त्यस्तै सिनेमा ‘लालजोडी’बाट लक्ष्मण सुवेदीले सर्वोत्कृष्ट गीतकारको विधामा अवार्ड उचाले । सुवेदीले ‘घिटिघिटी…’ बोलको गीतबाट अवार्ड हात पारेका हुन् । त्यस्तै सर्वोत्कृष्ट पार्श्व गायिकाको अवार्ड सिनेमा ‘ब्रासलेट’बाट दुर्गा परियार (मेरो जिन्दगीमा)ले पाईन ।

यो अवार्ड विगत ६ वर्ष देखि सांगीतिक क्षेत्रसँग आवद्द विभिन्न विधाहरुलाई समायोजन गरेर वितरण गरिदै आईएको छ ।