शुक्रबार रिलिज तीन सिनेमा मध्ये कस्को ब्यापार कती ?

शुक्रबार रिलिज तीन सिनेमा मध्ये कस्को ब्यापार कती ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गएको शुक्रबारबाट एकसाथ प्रर्दशनमा आएका चार सिनेमा मध्ये ‘जय शम्भु’, ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ले दर्शकको राम्रो साथ पाएका छन् । शुक्रबार तीन सिनेमाको ब्यापार औषत रहेको भएपनि शनिबार दर्शकको राम्रो साथ पाएका थिए । नेपालमा पहिलो पटक निर्माण भएको सेक्स कमेडी सिनेमा ‘मिस्टर भर्जिन’, एक्सन लभस्टोरी ‘ब्ल्याक’ र एक्सन जनराको सिनेमा ‘जय शम्भु’लाई दर्शक तथा सिनेमाकर्मीले मिश्रित प्रतिक्रिया दिएका छन् । सिनेमा हर्ने दर्शकले कलाकारको अभिनय र मेकिङलाई राम्रो बताए पनि सिनेमाको पटकथा राम्रो नभएको गुनासो गरे ।

देशभर सञ्चालनमा रहेका मल्टिपेलेक्स हलमा ‘मिस्टर भर्जिन’को कलेक्सन माथी रहेको भएपनि अपेक्षाकृत ब्यापार भने गर्न सकेन । देशका मल्टिपेलेक्स हलमा खासै शो नपाएका दुई सिनेमा ‘जय शम्भु’ र ‘ब्ल्याक’ले भने सिंगल हलमा सुखद सुरुवात गरेका छन् । तीन फरक फरक जनरामा निर्माण भएका सिनेमा हेर्न हल पुगेका अधिकांश युवापुस्ताका दर्शकहरु थिए । शनिबार राजधानीका प्राय जसो सिनेमा हलमा तीन ओटै सिनेमाका निर्माण टिम कलाकार सहित दर्शकसँग साक्षात्कार गर्न हल पुगेका थिए ।

दिउँसो राजधानीको चाबहिलस्थित गोपीकृष्ण मुभिजमा ‘ब्ल्याक’ का लिड कलाकार आँचल शर्मा र आकाश श्रेष्ठ दर्शकसँग सेल्फी खिच्न व्यस्त देखिएका थिए । हलमा दुई अभिनेता-अभिनेत्रीको क्रेज राम्रो देखिएको थियो । ‘मस्टिर भर्जिन’ का प्रमुख कलाकार गौरव पहारी, सृजना सृब्बाले पनि शनिवार दिउँसभर राजधानीका विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझे । उता ‘जय शम्भु’ का लिड अभिनेता अनुप विक्रम शाही र अभिनेत्री वर्षा सिवाकोटी गोपीकृष्ण र अष्टनारायण हल पुग्दा दर्शक सेल्फी खिच्न तछाडमछाड गरिरहेका थिए ।

मल्टिप्लेक्समा बलिउडका दुई ठूला स्टारका सिनेमा ‘सत्यमेव जायते’ र ‘गोल्ड’ का कारण नेपाली तीन सिनेमा चेपुवामा परेका छन् । बलिउड सिनेमाका कारण निर्माताले सर्वाधिक शेयर पाउने मल्टिप्लेक्समा ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’, ‘जय शम्भु’ २ र ४ शोमा सीमित छन् ।