‘ट्युबलाईट’ बक्सअफिस: कस्तो रह्यो दोस्रो दिन ?

‘ट्युबलाईट’ बक्सअफिस: कस्तो रह्यो दोस्रो दिन ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बक्सअफिसमा लगातार हिट सिनेमा दिईरहने सलमानलाई २०१४ मा रिलिज भएको ‘जय हो’ले झट्का लगाईदियो ।

त्यो समयमा सिनेमालाई लगानी उठाउन पनि हम्मे परेको थियो । तर, पनि सिनेमाले १ अर्वको व्यापार गर्यो । तैपनि सिनेमालाई फ्लपको ट्याग भिराइयो ।

यो ३ वर्षको विचमा सलमानका ‘किक’, ‘बजरंगी भाइजान’, ‘प्रेम रतन धन पायो’ र ‘सुल्तान’ प्रदर्शन भए । यी चारै सिनेमाले सलमानलाई घाटा लगाएनन ।

तर, यो वर्ष प्रदर्शन भएको ‘ट्युबलाईट’ले २०१४ मा रिलिज ‘जय हो’ झझल्को दिएको छ । सुरुवाती दुई दिनमा सिनेमाले कमजोर व्यापार गरेको छ । जुन, सलमान अभिनित सिनेमाबाट अपेक्षा हुदैन ।

समिक्षकबाट नराम्रो समिक्षा पाएको सिनेमाले पहिलो दिन अपेक्षा भन्दा कमको व्यापार गर्यो । तर, दोस्रो दिन अर्थात शनिवार सिनेमाको कलेक्सनमा वृद्धि हुने आँकलन गरिएको थियो । अन्तत: दोस्रो दिन पनि सिनेमाले पहिलो दिनकै हारहारीमा कलेक्सन गरेको छ ।

पहिलो दिन २१.१५ करोडको व्यापार गरेको सिनेमाले दोस्रो दिन २ लाख बढी अर्थात २१.१७ करोड ग्रस कलेक्सन गर्न सक्यो । यो दुई दिनको कलेक्सन ‘बाहुबली २’ले हिन्दी भाषामा गरेको एक दिन बराबर हो ।

‘बाहुबली२’ले हिन्दी भाषामा पहिलो दिन ४१ करोड भारुको नेट कलेक्सन गरेको थियो । भने ‘ट्युबलाईट’को दुई दिने कलेक्सन ४२.३२ करोड पुगेको छ ।

कबिर खान निर्देशित सिनेमा १ अर्व भारुको लगानीमा निर्माण भएको हो ।