‘कंचना’को हिंन्दी रिमेकमा अक्षय र कियाराको टिमअप


द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार १२ वर्षपछी आफ्नो हरर कमेडी जनरमा फर्किएका छन् । अक्षयले १२ वर्षअघि काम गरेको हरर कमेडी सिनेमा ‘भुलभुलैया’ पश्चात त्यस किसिमको सिनेमामा नदेखिएका उनलले यसवर्ष साउथ इण्डियन सुपरहिट सिनेमा कंचनाको हिंन्दी रिमेक ‘लक्ष्मी’मा काम गर्दैैछन् । अक्षय सिनेमा कलाकारसँगै निर्माताको रुपमा समेत देखिने छन् ।

‘कंचना’को हिंन्दी रिमेकमा काम गर्ने तयारी गरिरहँदा आफुलाई निकै खुशी लागेको प्रतिक्रिया अक्षयले बलिउड मिडियालाई दिएका छन् । सिनेमामा अक्षय कुमारका अलवा कियारा अडवाणी र आर माधवनको पनि मुख्य भुमिका रहनेछ । निर्माण कम्पनीले आर माधवनलाई सिनेमाको अफर गरेको छ भने कियारालाई पक्का गरिसकेको बलिउड मिडियाले जनाएका छन् । माधवनले पनि सिनेमामा काम गर्नको लागी ग्रीन सिग्नल दिईसकेका छन्, यसैले गर्दा ‘लक्ष्मी’को छायांकन छिटै सुरु हुने बताईएको छ ।

अक्षयले यसै वर्ष एक्सनड्रामा ‘सूर्यवंशी’ मा पनि काम गर्दैछन् । सिनेमालाई रोहित शेट्टीले निर्देशन गर्नेछन् । यस सिनेमाको छायांकनपछी अक्षयले ‘लक्ष्मी’ को शुटिङ सुरु गर्ने तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्