‘आरएक्स १००’को रिमेक ‘तडप’मा आहान र ताराको जोडी फाइनल


द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय विश्वकै दोस्रो ठुलो सिनेमा उद्योग बलिउडमा स्टारकिडको प्रवेश निकै बढेको छ । अब एक समय बलिउढका निकै सफल अभिनेता सुनिल शेट्टीका छोरा अहान शेट्टी पनि बलिउडमा डेब्यू गर्ने पक्का भएको छ । साजिद नाडियाडवालाको ब्यानरममा निर्माण हुने सिनेमा तडपमा उनी मुख्य भुमिकामा देखिने भएका हुन् । ‘तडप’ तेलुगु सिनेमा ‘आरएक्स १००’को रेमेक हो । यो सिनेमामा आहानको अपोजिटमा ‘स्टूडेन्ट अफ द ईयर २’ डेव्यु गर्न लागेकी अभिनेत्री तारा सुतारियालाई अनुबन्धित गरिएको छ । ‘स्टूडेन्ट अफ द ईयर २’ मे १० तारिखबाट विश्वभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको छ ।

जूनबाट छायांकन सुरु हुने हालको प्रि-प्रोडक्सनको काम चलिरहेको छ । साजिदले बलिउड मिडियालाई भनेका छन्, ‘हामीलाई मुख्य अभिनेत्री मिलेको छ र म भन्न चाहन्छु कि, तारा एक कुशल अभिनेत्री हुन् । दर्शकलाई यो निकै रोमान्टिक र रोमाञ्चक जोडी साबित हुनेछ । हामी जूनबाट फ्लोरमा जान तयारीमा छौं ।’ सिनेमा एक्सन र रोमान्सले भरिपूर्ण हुनेछ । तेलुगु सिनेमा ‘आरएक्स १००’ पनि एक्सन र रोमान्सका कारण हिट भएको थियो ।

मिलन लुथरियाले सिनेमालाई निर्देशन गर्नेछन् । नाडियावाला ग्रेडसन इन्टरटेनमेन्टको आधिकारिक ट्विटर ह्यान्डलबाट यो कुराबाट जानकारी दिइएको छ । लुथरियाले यसअघि ’द डर्टी पिक्चर’, ’वन्स ओपन ए टाइम इन मुम्बई’, ’कच्चे धागे’ र ’बादशाहो’ लगायतका सिनेमा निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्