४५ लाखमा बिक्रि भयो ‘दाल भात तरकारी’को अष्ट्रेलिया राइट्स


द सिनेमा टाइम्स, काठमाडौं – मह संचारको ब्यानरमा निर्माण भएको सिनेमा ‘दाल भात तरकारी’को अष्ट्रेलिया राइट्स सर्वाधिक महँगो मुल्यमा बिक्रि भएको छ । सिनेमाको निर्माता तथा प्रस्तुतकर्ता किरण केसीले दाल भात तरकारीको अष्ट्रेलिया राइट्स सर्वाधिक ४५ लाखमा बिक्रि भएको पुष्टी गरे । ‘भिजिट भिषामा’ गीतले युट्युबमा करोड भ्यूज बटुलिसकेको अवस्थामा दोस्रो गीतले रिलिजको एक हप्ता नाघिसक्दा पनि टेन्डिङ छाडेको छैन । यही कारणले ट्रेलर समेत प्रतिक्षित बनेको सिनेमालाई अष्ट्रेलियामा रहँदै आएका विपिन बस्नेत र लाुर्क लामाले महंगो रकममा किनेका हुन् ।

यही ब्यानरको अघिल्लो सिनेमा ‘शत्रु गते’ले अस्ट्रेलियामा रेकर्ड ब्रेकको ब्यापार गरेको थियो, जसकारण पनि ‘दाल भात तरकारी’ अष्ट्रेलियाका दर्शकमाझ प्रतिक्षित छ । फ्यामली ड्रामा भएकोले सिनेमा हेर्ने दर्शकको संख्या बढ्ने हुँदा सिनेमाको राइट्स महँगो रकममा खरिद गरिएको बुझिएको छ । सुदन केसीको डेब्यु निर्देशन रहेको सिनेमाको माग अन्य देशमा पनि उच्च रहेको निर्माण टिमको भनाई छ ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, शिवहरी पौडेल, बसुन्धरा भुषाल, विल्सन विक्रम राई, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, रविन तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमालाई दिर्घ गुरुङले छायांकन गरेका हुन् । सिनेमामा रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेल, नरेन्द्र कंसाकार लगायतको लगानी रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्