नक्कली विवाह गरेर अष्ट्रेलिया जानेको कथा ‘काजगपत्र’ ट्रेलर रिलिज


द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र ८ गतेबाट रिलिज हुने सिनेमा ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । अष्ट्रेलिया जान गरिने नक्कली विवाहको कथा सिनेमाले उठाएको निर्देशक अपिल विष्टले बताए । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई आरजेस रेग्मी लगायतका कलाकारलाई स्थान दिइएको छ ।

नाजिरले सिनेमामा आफु जग्गा दलालको भुमिका देखिने बताए । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको सिनमामा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ । कागजपत्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बिष्टले बताए ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्