‘२ रुपैयाँ’मा मर्कियो निश्चल र स्वस्तिमाको कम्मर (भिडियो)

‘२ रुपैयाँ’मा मर्कियो निश्चल र स्वस्तिमाको कम्मर (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असिम शाहको निर्देशनमा बनेको फिल्म ‘२ रुपैयाँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कुटु मा कुटु’ बोलको गीतमा निर्देशक निश्चल बस्नेत र धर्मपत्नी स्वस्तिमा खड्काले कम्मर मर्काएका छन् ।

साथै गीतमा अभिनेता बुद्दी तामाङ र असिफ शाह पनी चित्रित छन् । राजनराज सिवाकोटीको शब्द/संगीतमा सिर्जना गरिएको गीतमा राजन ईशान, मेलिना राई र स्वयम् संगीतकारको स्वर समावेश छ । गीतलाई लिएर निर्देशक आशावादी देखिएका छन् । शाह भन्छन्, ‘यस अघि थुप्रै चर्चित गीतहरू गरेका राजनराज शिवाकोटी र राजन ईशानको यो गीतले पनि छिटै नै स्रोताहरूको मन जित्‍ने विश्‍वास मैले लिएको छु ।’

गीतमा कविराज गहतराजको कोरियोग्राफी र शिवराम श्रेष्ठको छायांकन समावेश छ । फिल्मलाई एजीटु वान प्रोडक्सन र ब्ल्याकहर्स पिक्चर्स प्रालीको व्यानरमा निर्माण गरिएको हो । निर्देशकले ‘२ रुपैयाँ’को लागी भदौ २३ को रिलिज मिती तय गरेको बताएका छन् ।