अक्षय र रजनीकान्त स्टारर सिनेमा ‘२.०’ को टिजर रिलिज

अक्षय र रजनीकान्त स्टारर सिनेमा ‘२.०’ को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – तामिल सुपरस्टार रजनीकान्त र बलिउड सुपरस्टार अक्षय कुमारको प्रतिक्षीत सिनेमा ‘२.०’को टिजर सार्वजनिक गरिएको छ । यो सिनेमाको अडियो रिलिज देखि नै प्रतिक्षीत बनेको सिनेमा एक्सन लभस्टोरी सिनेमाको पोस्टर र टिजर रिलिज भएसँगै वर्षकै दर्शकले प्रतिक्षा गरेको सिनेमा बनेको छ ।

‘रोबोट’को सिक्वेलको रुपमा निर्माण भैरहेको यो सिनेमा छायांकन देखि नै निकै चर्चा परिचर्चा भैरहेको छ । सार्वजनिक टिजरबाट यो सिनेमामा हाई लेभलको एक्सन, लभस्टोरी रहेको अनुमान लगाउन सकिन्छ । ‘२.०’को पहिलो श्रृङखला नै बलिउडमा सफल रहेको थियो ।

‘२.०’मा अक्षय भिलेनको भुमिकामा देखिएका छन् । केहि समय पहिले रिलिज भएको सिनेमाको पोस्टरमा उनको अहिलेसम्मकै भयानक लुक बाहिरीएको थियो । यसमा अक्षय डाक्टर रिचर्डको भुमिकामा देखिने छन् । यस्तै, रजनीकान्त एकपटक फेरि रोबोट चिट्टी र साइन्टिस्ट वसीकरणको रुपमा फर्किएका छन् । सिनेमामा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ ।