जयकिसन र पुजनाको ‘१२ मासे’ ट्रेलर रिलिज

जयकिसन र पुजनाको ‘१२ मासे’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ –  भाद्र १ गतेबाट अब चार सिनेमा रिलिज हुने भएका छन् । यस अघि यो डेटमा ‘जय शम्भु’, ‘ब्ल्याक’, ‘मिस्टर भर्जिन’ले आफ्नो रिलिज डेट घोषणा गरेका थिए । अब यो डेटमा जयकिसन बस्नेत अभिनीत सिनेमा ‘१२ मासे’ले आफ्नो रिलिज डेट घोषणा गरेको छ । बुधबार सिनेमाले काठमाडौँमा एक कार्यक्रको आयोजना गर्दै सिनेमाको ट्रेलर रिलिज गर्नुका साथै रिलिज डेट घोषणा गरेको हो ।

कमेडी कथामा निर्माण गरिएको सिनेमामा टेलिसिरियलका हाँस्यकलाकारको बाहुल्यता रहेको छ । सिनेमामा जुवातासमा रमाउने युवा तथा बृद्धहरुको कथालाई पर्दामा उतार्ने प्रयास गरिएको निमार्ण टिमले गरेको छ ।

सिनेमामा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, बासु न्यौपानेको छायांकन र अनन्त घिमिरेले सम्पादन सिनेमामा रहेको छ ।