‘डी सिने अवार्ड’मा अनमोल र नीता उत्कृष्ट, ‘मङ्गलम’लाई सर्वाधिक

‘डी सिने अवार्ड’मा अनमोल र नीता उत्कृष्ट, ‘मङ्गलम’लाई सर्वाधिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दशौँ ‘डी सिने अवार्ड’मा अनमोल केसीले सिनेमा ‘कृ’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । यो वर्षका लागि अनमोलको यो दोस्रो अवार्ड हो । १ महिना अगाडी सम्पन्न ‘एनएफडिसी राष्ट्रिय पुरस्कार’मा पनि उनि उत्कृष्ट ठहरिएका थिए ।

त्यस्तै नीता ढुंगानाले ‘पंचायत’बाट उत्कृष्ट अभिनेत्री अवार्ड जित्दा, मिलन चाम्स ‘लिलिबिली’बाट उत्कृष्ट निर्देशक ठहरिए । उत्कृष्ट सिनेमाको अवार्ड भने ‘कृ’ले जित्न सफल भयो । ३४ विधामा बाँडिएको अवार्डमा ‘मङ्गलम’ले ५, ‘कृ’ले ४, ‘लिलिबिली’ले ४, ए मेरो हजुर २/छक्का पन्जा/संरक्षणले समान ३/३, ऐश्वर्य/दुई रुपैयाँ/घामपानीले समान २/२ र रुद्र/पिंजडा ब्याक अगेन/भुइमान्छे/पंचायत/ब्लाइन्ड रक्स/शत्रु गतेले समान १/१ विधामा जिते ।

बरिष्ट अभिनेत्री बसुन्धरा भुसाललाई ‘लाइफटाइम लिजेन्डरी अवार्ड’बाट सम्मानित गरिएको अवार्डमा अभिनेत्री मौसम मल्ल र निर्माता तथा वितरक नरेन्द्र महर्जनलाई कार्यक्रममा रजत सम्मान प्रदान गरिएको थियो । यस्तै, ‘चलचित्र पत्रकारिता पुरस्कार’ श्याम अर्याललाई प्रदान गरियो ।

डिजीटल प्रविधिमा निर्माण भएका सिनेमालाई प्रोत्साहित गरी नेपाली सिनेमामा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पु¥याउने उद्देश्यले २०६६ सालमा स्थापना भएको अवार्डले लगानी बढाउन सकिदैन भने प्रविधि र प्रस्तुतिमा जोड दिनुपर्छ भन्ने मान्यतालाई बोकेको अध्यक्ष शान्ति प्रियले बताए ।

अवार्ड विजेताहरुको पूर्ण सुची

उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, कृ

उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की, लिलीबिली

उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण

उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण

उत्कृष्ट गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)

उत्कृष्ट गायक: सुगम पोखरेल, ऐश्वर्य (तिमी रोएको पल)

उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)

उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)

उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र

उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन

उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २

उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य

उत्कृष्ट कथा: नवराज बुढाथोकी, भुइँमान्छे

उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, लिलीबिली

उत्कृष्ट संवाद: दिपेन्द्र लामा, घामपानी

उत्कृष्ट नव नायीका: जसीता गुरुङ, लिलीबिली

उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २

उत्कृष्ट नव-निर्देशक: झरना थापा, ए मेरो हजुर २

उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम

उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी

उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २

उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २

उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, कृ

उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, मंगलम

उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, पञ्चायत

उत्कृष्ट अभिनेता: अनमोल केसी, कृ

उत्कृष्ट निर्देशक: मिलन चाम्स, लिलीबिली

उत्कृष्ट चलचित्र: कृ

उत्कृष्ट पपुलर चलचित्र: छक्का पञ्जा २

पपुलर च्वाइस अवार्ड: (शत्रुगते)

छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल

छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन

छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल

छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल

(प्रोत्साहन) इन्करेजमेन्ट अवार्ड: पुर्णेन्दु झा, संरक्षण

क्रिटिक्स तर्फको अवार्ड

फिल्मः ब्लाइन्ड रक्स (चाम्स इन्टरटेन्मेन्ट)

अभिनेताः पुष्प खड्का (मंगलम)

निर्देशक: नवल नेपाल (मंगलम)

तस्विर: सिनेपत्रकार कृष्ण भट्टराईको फेसबुकबाट