१०२ अमिताभ र ७५ बर्षका ऋषि !

१०२ अमिताभ र ७५ बर्षका ऋषि !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउडका अनुभवी अभिनेता अमिताभ बच्चन र ऋषि कपूर करिब २६ बर्ष पछी संगै पर्दामा देखिदै छन् । उमेश शुक्लाको निर्देशनमा बनिरहेको फिल्म ‘१०२ नट आउट’मा यी दुई समकालीन अभिनेताद्वयले स्क्रिनमा बाबु छोराको भूमिका निर्वाह गर्दैछन् ।

र, यसै फिल्मको पहिलो अनुहार सार्वजनिक भएको छ । जहाँ अभिताभ १०२ बर्षे बाबु र ऋषि ७५ बर्षिय छोराको अवतारमा देखापरेका छन् । रियल उमेरमा पनी अमिताभ भन्दा करिब १० बर्ष कान्छा ऋषिले सन् १९७३ मा बाबु राज कपूरको निर्देशनमा बनेको ‘बबी’बाट मुख्य अभिनेताको रुपमा बलिउडमा आफ्नो पाईला चालेका थिए । भने अमिताभले सन् १९६९ मा  ‘सात हिन्दुस्तानी’बाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए ।

अमिताभ र ऋषिले यसअघी ‘नसिब’, ‘अमर अकबर एन्थोनी’ र ‘कभी कभी’ जस्ता फिल्ममा संगै काम गरिसेका छन् । ‘१०२ नट आउट’लाई गुजराती लेखक सौम्या जोशीले लेखेका हुन् । यो फिल्मका निर्देशकले यसअघी ‘ओ माई गड’ र ‘अल ईज वेल’ निर्देशन गरिसकेका छन् ।