२० लाख पुरस्कार राशीको हिमायलन रोडिजको घोषणा

२० लाख पुरस्कार राशीको हिमायलन रोडिजको घोषणा

द सिनेमा टाइम्स
0
Shares

एमटिभी रोडिजको नेपाल संस्करण हुने भएको छ। आइतबार एक कार्यक्रमका बिच होटल सोल्टीम नेपाल संस्करणको घोषणा गरिएको हो।

‘यस्तो ठूलो स्तरको अन्तराष्ट्रिय फ्रेन्चाइज राष्ट्रिय टेलिभिजनमा प्रसारित हुनु हामी सबैको लागि एकदम रोमाञ्चक कुरा हो। यसले नेपाली प्रोडक्शन प्रयासहरुलाई अन्तराष्ट्रिय स्तर प्राप्त गर्न मदत पुर्‍याउनेछ’,सिरिज निर्देशक अमन प्रताप अधिकारीले भने।

हिमालय रोडिजमा निर्णायकका रूपमा दिया मास्के, रेमनदास श्रेष्ठ तथा आशिस राना ‘लाहुरे’ रहनेछन्। हिमालय रोडिज्का विजेताले रु. २० लाख नगद सहित एउटा बजाज एभेन्जर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्।

हिमालय टिभीबाट प्रसारण हुने कार्यक्रमका लागि चितवन, पोखरा, बुटवल, धरान तथा काठमाडौंमा अडिसन लिइनेछ। कार्यक्रमलाई नेपालका पहाड देखि तराईसम्मका विभिन्न स्थानहरुमा विविध भू–भागमा हुने जानकारी कार्यक्रममा आयोजकले दिएको छ।

भा